नियम १९१
फछ्र्यौट हुन बा“की रकमको जिम्मेवारी सार्ने र बरबुझारथ गर्ने
(१) कामकाजको
निमित्त एक आर्थिक वर्षमा गएको पेश्कीको रकम सोही आर्थिक वर्षमा फछ्र्यौट हुन
नसकेमा अधिकार प्राप्त अधिकारीले त्यसरी फछ्र्यौट हुन बा“की रहेको पेश्की रकमको
नामनामेसी सहितको के के बापत पेश्की गएको हो सो समेत खुलाई अर्को आर्थिक
वर्षमा जिम्मेवारी सारी प्रमाणित गर्नु पर्नेछ । यसरी सारिएको पेश्की यस नियमावली
बमोजिम फछ्र्यौट गर्नु पर्नेछ ।
(२) अधिकार प्राप्त अधिकारीले सरुवा, बढुवा हु“दा वा अवकाश प्राप्त गर्दा वा
अन्य कुनै कारणले अड्डा छोडी जा“दा वा कामबाट अलग हु“दा फछ्र्यौट हुन बा“की
रहेको पेश्की रकमको विवरण बरबुझारथ गर्नु पर्नेछ ।